कस्तो ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कस्तो ?


१ कार्तिक २०७७, शनिबार


छिन् छिनमै बदलिने, आकार कस्तो ?
बदलिने मायाको, प्रकार कस्तो ?

पस्दै सिंहदरबारको, ढोका भित्र,
मनको भुँडी भरिने, परिकार कस्तो ?

सधैँ फुलेको फूल, टिप्न खोज्नेलाई,
काँडा घोच्ने पीडाको, चित्कार कस्तो ?

आफूलाई ठूलोको, संज्ञा दिनेहरू सुन,
सुन बोल्ने शैली पनि, बेकार कस्तो ?

मनभरिका सारा, सपनाहरूलाई,
इच्छा धेरै होला, हेर्ने साकार कस्तो ?

दुखेर अङ्कुर, रोइरहेको बेलामा,
हात बढाई गरेको, उपकार कस्तो ?

प्रतिक्रिया दिनुहोस