नेपालको भूमिमा चीनले भवन निर्माण गरेको छैन, नेपाली भूमि मिचिएको हैन : चिनियाँ अधिकारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालको भूमिमा चीनले भवन निर्माण गरेको छैन, नेपाली भूमि मिचिएको हैन : चिनियाँ अधिकारी


१ कार्तिक २०७७, शनिबार


काठमाडौँ । चिनियाँ अधिकारीहरूले नेपाली भूमि नमिचिएको दाबी गरेका छन् । नेपाल चीन सीमावर्ती क्षेत्र हुम्लाको लिमीमा चीनले भूमि मिचेको भन्ने कुरा सही नभएको चिनियाँ सरकारी अधिकारीहरूको दाबी छ ।

अधिकारीहरूले हालै चीनले निर्माण गरेको नयाँ गाउँ चीनको अलिक बुराङ भन्ने स्थानमा पर्ने बताएका छन् ।

चिनियाँ दि गलेबल टाइम्सका अनुसार बुराङका विदेशी मामिला निर्देशक बकीले मे महिनामा भवन निर्माण गर्नुभन्दा पहिला नै सेना र अधिकारीहरुले विस्तृत सर्वे र म्यापिङ गरेको थियो ।

उक्त भवन पूर्णरुपमा चिनको भूभागभित्र पर्छ, सबै भन्दा नजिकको भवन चिन–नेपाल सीमा भन्दा एक किलोमिटर मात्रै टाढा रहेको बकीले बताएका छन् । उनले नयाँ गाउँ निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।

नेपाल–चीन सीमा क्षेत्र नजिकै चीनले भवन निर्माण सुरु गरेपछि नेपालमा विवाद सुरु भएको थियो । चीनले सीमा मिचेको भन्दै विवाद बढ्नथालेपछि उक्त क्षेत्रको दोस्रा पटक सर्भे गरिएको अधिकारीहरूले बताएका छन् ।

सीमा क्षेत्रमा रहेका ११ र १२ नम्बर पिल्लर पनि एकदमै उच्च भागमा रहेको र सर्वेको ज्ञान नभएकालाई अध्ययन गर्न कठिन हुने अधिकारीहरूले उल्लेख गरेका छन् । नेपाली सर्वे टिमले केही गल्ती गरेको हुन सक्ने बताएका छन् ।

यसअघि नेपालको परराष्ट्र मन्त्रालयले पनि चीनले नेपालको भूमि नमिचेको बताएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस