लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री चौधरीलाई कोरोना सङ्क्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री चौधरीलाई कोरोना सङ्क्रमण


प्रशासन संवाददाता

१ कार्तिक २०७७, शनिबार


काठमाडौँ। लुम्बिनी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोनाको संक्रमण पुष्टि भएको छ। मन्त्री चोधरीलाई शुक्रबार कोरोना पुष्टि भएको हो । सामान्य रुघा लागेपछि उनको स्वाब परिक्षण गरिएको थियो ।

मन्त्री चौधरीसँगै उनकी श्रीमती द्रौपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सजकता अपनाउन अनुरोध गरेका छन्। संक्रमित पाँच मध्ये मन्त्री चौधरीलाई रुघा लागेको छ भने अन्य ४ जनालाई कुनै लक्षण देखिएको छैन।

यसअघि लुम्बिनी प्रदेशका सभामुख पुर्ण बहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी, साम्सदहरु डिल्ली चौधरी, दधिराम न्यौपाने, शंकर गिरि लगायत सचिवालयका ३५ भन्दा बढी कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी कोरोना संक्रमित भईसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस