रेमडेसिभिर औषधि आयात तथा बिक्री गर्न तीन कम्पनीलाई अनुमति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रेमडेसिभिर औषधि आयात तथा बिक्री गर्न तीन कम्पनीलाई अनुमति


३० आश्विन २०७७, शुक्रबार


काठमाडौं । सरकारले कोरोना भाइरसको उपचारमा प्रयोग हुने रेमडेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले औषधी व्यवस्था विभागबाट अनुमति पाउनेमा दुई नेपाली र एक भारतीय कम्पनी छन् ।

उनका अनुसार नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेडलाई रेमडेसिभिर आयात तथा बिक्री वितरणका लागि अनुमति दिइएको छ ।

नेपालमा कोभिड १९ को उपचारका लागि अहिलेसम्म कुनै पनि औषधि नभएको सन्र्दभमा नेपालले पनि अनुसन्धानात्मक प्रयोजनका लागि रेमडेसिभिर नामक औाषधि प्रयोगमा ल्याएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस