दोलखाका धार्मिकस्थलहरुमा निषेधाज्ञा जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दोलखाका धार्मिकस्थलहरुमा निषेधाज्ञा जारी


३० आश्विन २०७७, शुक्रबार


काठमाडौं । जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्लाभित्रका मन्दिर र शक्तिपिठहरुमा निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समिति र डिसीसीएमसीको बैठकले मन्दिर र शक्तिपीठहरुमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले आज एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा जारी सर्कुलरअनुसार जिल्ला भित्रका मन्दिर र शक्ति पीठहरुमा असोज ३० गते राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाएका छन् ।

विज्ञप्तिमा जिल्लाभरी संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस