ललितपुर जिल्ला प्रशासनद्वारा २ गतेबाट अनिश्चितकालका लागि अन्यावश्यकवाहेकका सेवा स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ललितपुर जिल्ला प्रशासनद्वारा २ गतेबाट अनिश्चितकालका लागि अन्यावश्यकवाहेकका सेवा स्थगित


३० आश्विन २०७७, शुक्रबार


ललितपुर । जिल्ला प्रशासन कार्यलय ललितपुरले कार्तिक २ गतेबाट अनिश्चितकालका लागि अत्यावश्यक सेवाहरुवाहेकका सेवा प्रवाहरु स्थगित गरेको छ ।

उपत्यकामा कोरोना संक्रमण दर अत्याधिकरुपमा बढीरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको भिडभाड अत्याधिक भई संक्रमण सेवाग्राहीमासमेत फैलनसक्ने उच्च जोखिम रहेको भन्दै अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएका छन् ।

कोभिड-१९ को संक्रमणले भयावह रुप लिन सक्नेन अवस्थालाई मध्यनजर गरी जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेतसँगको छलफल, परामर्श एवं निश्कर्षका आधारमा सो निर्णयमा पुगेको बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस