‘मञ्जरी’लाई चार दिनमै आठ लाख भ्यूज « प्रशासन
prasaLogo
३० आश्विन २०७७, शुक्रबार

‘मञ्जरी’लाई चार दिनमै आठ लाख भ्यूज


प्रकाशित मिति : 16 October, 2020 5:54 pm

बागलुङ । अभिनेता राजेश हमालको नृत्य रहेको लोक दोहोरी गीत ‘मञ्जरी’को म्यूजिक भिडियोलाई दर्शक/स्रोताले रुचाएका छन् ।

युट्युबमा सार्वजनिक भएको चार दिनमै गीतको भ्यूज ८ लाख नाघेको छ ।

गीतको भिडियोमा अभिनेता हमालसँगै अभिनेत्री वर्षा सिवाकोटी र गायक/मोडल प्रकाश सपूतको नृत्य/अभिनय छ । गायक प्रकाश पराजुली र गायिका देवी घर्तीको स्वर रहेको गीत सोमबार युट्युबमार्फत सार्वजनिक भएको थियो ।

गीतमा सर्जक नवराज पन्तको शब्द र गायक पराजुलीकै सङ्गीत रहेको छ । बागलुङ घर भई हाल अमेरिकामा रहेका सर्जक पन्तले रचेको लोकदोहोरी गीत ‘सालको पातको टपरी’ पनि सर्वाधिक चर्चित बनेको थियो ।

‘मञ्जरीको पनि राम्रो प्रतिक्रिया आएको छ, युट्युबको भ्यूज, कमेन्ट, लाइक हेर्दा हामी उत्साहित छौँ’, सर्जक पन्तले भने । गीतको भिडियो निर्देशन देबेन्द्र बब्लुले गरेका छन् । निर्देशक बब्लु गायकरमोडल प्रकाश सपूत छन् ।

गीतको उत्पादक बागलुङकै प्रकाश जिसी छन् । उनी पनि अहिले अमेरिकामा बस्छन् । गीतमा पाँच लाखबढी लगानी भएको जनाइएको छ । गायिका घर्ती, मोडल सपूत र निर्देशक बब्लुको पनि जन्मथलो बागलुङ हो । गायक पराजुली भने स्याङ्जाका हुन् ।

गीतले माया/प्रेमको विषय उठान गरेको छ । केटा र केटी पक्षको रमाइलो सवालजवाफ छ । साँस्कृतिक कार्यक्रममा विशेष अतिथिका रुपमा आमन्त्रित अभिनेता हमाल छमछमी नाचेको दृश्य भिडियोमा हेर्दा रोचक लाग्छ ।

हेर्नुस् भिडियो:

Tags :
प्रतिक्रिया दिनुहोस