डा.भट्टराईको प्रश्न : भ्रष्टाचारको निष्पक्ष छानविन गर्न कसले रोकेको हो त ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डा.भट्टराईको प्रश्न : भ्रष्टाचारको निष्पक्ष छानविन गर्न कसले रोकेको हो त ?


३० आश्विन २०७७, शुक्रबार


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले बुढीगण्डकीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति माथी प्रतिप्रश्न गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीको बूढीगण्डकीबारे डा. भट्टराईले दिएको अभिव्यक्ति निराधार र गैरजिम्मेवार रहेको अभिव्यक्ति दिएपछि त्यसको काउन्टर जवाफ दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीले शुक्रबार नेपाल प्रहरी दिवसका अवसरमा भट्टराईको अभिव्यक्ति निराधार र गैरजिम्मेवार भएको बताएका थिए ।

‘हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौ,’ प्रधानमन्त्रीले भट्टराईले दिएको अभिव्यक्तिको खण्डन गर्दै भनेका थिए । तर प्रधानमन्त्रीले यसो भनेको एक घण्टा नवित्दै डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत ‘प्रम केपी शर्मा ओलीको भ्रष्टाचारप्रति साँच्चै शून्य शहनशीलता हो भने बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रेस, यति, ओम्नी लगायत ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय निश्पक्ष छानविन गर्न कसले रोकेको हो त रु’ भन्दै प्रश्न गरेका हुन् । ‘कुराले होइन काम गरेर देखाउनुस् नत्र ढाँटको कुरा खाई पत्याउनु ।’ भट्टराईको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस