बलात्कारविरुद्ध कडा कानुन बन्छ : प्रधानमन्त्री ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बलात्कारविरुद्ध कडा कानुन बन्छ : प्रधानमन्त्री ओली


३० आश्विन २०७७, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारविरुद्ध कडा कानुन ल्याउने तयारीमा रहेको बताएका छन् ।

६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री आलीले बलात्कारजस्ता जघन्य अपराध गर्नेलाई बचाऊ गर्ने र मिलापत्र गराउनेप्रति कडा रुपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् ।

एसिड आक्रमणकारीविरुद्ध कडा कानुन ल्याएको र एसिडलगायत बलात्कार अपराधविरुद्ध कडा कानुन बनाउने विषयमा सोचिरहेका उनले बताएका छन् । सामाजिक अपराधका विरुद्ध कुनै सम्झौता हुँदैन नगरीने उनको भनाइ छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस