कोरोनाबाट लुम्बिनी अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या ४६ पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोनाबाट लुम्बिनी अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या ४६ पुग्यो


३० आश्विन २०७७, शुक्रबार


लुम्बिनी । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका-२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

कोरोना सङ्क्रमण भएर असोज २१ देखि अस्पतालमा भर्ना भएर उपचारका क्रममा २५ गतेदेखि अस्पतालका सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उनको उपचार गरिएको थियो ।

उपचारका क्रममा उनको बिहान मृत्यु भएको डा. थापाले बताए । उक्त अस्पतालमा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा. थापाले जानकारी दिए । योसँगै आजसम्ममा कोरोना सङ्क्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस