बितेको २४ घण्टमा विश्वमा ३ लाख ३६ हजारमा संक्रमण, ५ हजार २९७ को मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बितेको २४ घण्टमा विश्वमा ३ लाख ३६ हजारमा संक्रमण, ५ हजार २९७ को मृत्यु


एजेन्सी

३० आश्विन २०७७, शुक्रबार


काठमाडौँ । बितेको २४ घण्टामा विश्वमा ३ लाख ३६ हजार ५१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ९४ हजार १६९ पुगेको छ ।

बितेको २४ घण्टामा ५ हजार २९७ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ८९ हजार ४७ संक्रमितको मृत्यु भइसकेको छ ।

अघिल्लो २४ घण्टामा ४ हजार २५४ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस