डिएसपी अंगुर जिसीको निलम्बन फुकुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डिएसपी अंगुर जिसीको निलम्बन फुकुवा


२९ आश्विन २०७७, बिहिबार


काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि निलम्बनमा परेका प्रहरी नायब उपरीक्षक अंगुर जिसीको निलम्बन फुकुवा भएको छ।

गृह मन्त्रालयले डिएसपी जिसीको निलम्बन फुकुवा गर्न बिहीबार प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको हो।

निर्मला बलात्कार-हत्यामा यातना दिएर दिलीपसिंह विष्टलाई बयान गराएको आरोपमा उनी निलम्बनमा परेका थिए।

गत साउन १५ गते जिल्ला अदालत कञ्चनपुरले उनीसहित मुद्दा परेका अन्य आठै जनालाई सफाइ दिएको थियो। सफाइ पाएसँगै जिसीले पुनर्वहालीका लागि गृहमा निवेदन दिएका थिए।
उनीसँगै निलम्बनमा परेका डिएसपी ज्ञानबहादुर सेठी र सई हरिसिंह धामी भने अवकास भइसकेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोबाट अनुसन्धानका लागि खटिएका जिसीलाई तत्कालीन प्रहरी नेतृत्वले यातनापूर्वक बयान गराएको आरोपमा निलम्बन गरेको थियो।

२०७५ साउन ११ गते पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा कञ्चनपुर भीमदत्त नगरपालिका–१८ को उखुबारीमा फेला परेको थियो। उक्त घटनाका वास्तविक दोषी अहिलेसम्म पनि पत्ता लागेका छैनन्।

Tags :
प्रतिक्रिया दिनुहोस