६० वर्ष मुनिका एकल महिला र ‘ख’ वर्गको अपाङ्गता भएकालाई भत्ता उपलब्ध गराउन गृहको पत्राचार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

६० वर्ष मुनिका एकल महिला र ‘ख’ वर्गको अपाङ्गता भएकालाई भत्ता उपलब्ध गराउन गृहको पत्राचार


२९ आश्विन २०७७, बिहिबार


काठमाडौं । सरकारले ६० वर्ष मुनिका एकल महिला र अति अशक्त अपाङ्गता (ख वर्गको अपाङ्गता) भएकालाई समाजिक सुरक्षा भत्ता उपलब्ध गराउन स्थानीय तहहरूलाई आग्रह गरेको छ।

गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गराउन भन्दै सबै स्थानीय तहहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पत्राचार गरेको हो।

केही समयदेखि ६० वर्षमुनिका विधवा एकल महिला र अति अपाङ अशक्तको भत्ता रोक्का थियो।

विगभाले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई बुधबार पत्राचार गरेर आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन भनेको हो।

६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक २ हजार र अति अशक्त अपाङ्गता ‘ख’ वर्गको परिचय पत्र भएकालाई मासिक १ हजार ६ सयका दरले भत्ता उपलब्ध गराउन पत्रमा भनेको छ ।

यस्तो छ गृहको पत्र :

Tags :
प्रतिक्रिया दिनुहोस