२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवलमा ५०० लालपुर्जा वितरण

अ+ अ-

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले नगरका विभिन्न वडामा गरी झण्डै ५०० लालपुर्जा वितरण गरेको छ । बुटवलका वडा नंं १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन करिब ५०० घरपरिवारलाई उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो ।

नगरपालिकाले नगरका वडा नं १५ मा ४८ परिवार, वडा नं १६ मा ६३ परिवार, वडा नं १७ मा ९० तथा वडा नं १८ मा १४७ परिवारलाई पुर्जा वितरण गरेको छ । यस्तै वडा नं १४ मा ६० र वडा नंं १८ मा ९० वटा लालपुर्जा तयार भई वितरणको तयारीमा छन् ।

बुटवल–१८ को मोतिपुर पोखराबारीमा नगरप्रमुख शिवराज सुवेदीले २२ जनालाई लालपुर्जा वितरण गरे । उक्त वडामा यसअघि १५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिसकिएको छ भने थप करिब ९० वटा पुर्जा तयार भइरहेका छन् ।

त्यस अवसरमा नगरप्रमुख सुवेदीले मोतीपुर र सेमलार क्षेत्रलाई नयाँ बुटवलको नमूना बस्तीका रूपमा विकास गर्ने गरी योजना बनिरहेको बताए । प्राविधिक टोलीको अध्ययनपछि खेतीयोग्य, आवासयोग्य र खुला क्षेत्रका लागि जग्गा यकिन गर्दै आधुनिक बस्तीका रूपमा विकास गरिने प्रमुख सुवेदीको भनाइ छ ।

उपमहानगरमा गाउँ ब्लक जग्गामा रहेका करिब ५०० परिवारलाई लालपुर्जा वितरण गरिएको हो । बुटवलमा अव्यवस्थित बसोवासीको लगत सङ्कलन र नापजाँचको कामसमेत चलिरहेको छ । अहिले लालपुर्जा वितरण गरिएका क्षेत्र नापी भएर पनि पुर्जाविहीन हुनुपरेका समुदायका लागि हो । भूमि बैंक, श्रम बैंक र कृषि उत्पादकत्व वृद्धिका लागि प्राविधिकसहितको विशेष कार्यदलसमेत बनाएर नमूना काम गरिरहेको छ ।

कार्यक्रममा नापी कार्यालय रुपन्देहीका २ नम्बर टोली प्रमुख यमप्रसाद पाण्डेले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रदान गर्न जनप्रतिनिधिको समन्वयकारी र नेतृत्वदायी भूमिकाले सहज भएको बताए ।