चितवन मेडिकल कलेजमा थप एकजना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चितवन मेडिकल कलेजमा थप एकजना कोरोना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

२८ आश्विन २०७७, बुधबार


चितवन । चितवन मेडिकल कलेजमा उपचाररत रहेका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका-१५ का ७५ वर्षीय पुरुषको कोभिड आईसीयू कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि असोज १८ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको मंगलबार राती १०:२० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस