२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्पले डसेका बालकको उपचारमा रु २६ लाख सहयोग सङ्कलन

अ+ अ-

कास्की । जिल्लाको मादी गाउँपालिका-६ तप्राङका १३ वर्षीय बालक विशाल पौडेलको उपचारका लागि स्वदेश तथा विदेशबाट गरी रु २६ लाख २५ हजार २०३ सहयोग रकम सङ्कलन भएको छ ।

बालकको अभिभावको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि असोज पहिलो सातादेखि सहयोग जुटाउने अभियान शुरु भएकामा सो रकम जम्मा भएको विशाल पौडेल बचाउ अभियानले जनाएको छ । गत साउन २८ गते राति घरमै सुतेका बेला करेत सर्पले डसेपछि पौडेल गम्भीर बिरामी भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचारकक्षमा ४२ दिन उपचारपछि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उनी हाल काठमाडौँमा उपचाररत छन् ।

बिरामीको उपचारमा अर्थाभाव भएको र चिकित्सकले काठमाडौँ रेफर (सिफारिस) गरे पनि परिवारले लैजान नसके पछि स्थानीयवासीले उपचारमा रकम जुटाउन ‘विशाल पौडेल बचाउ अभियान’ सञ्चालन गरी आर्थिक सङ्कलन समिति गठन गरेका थिए । अभियानले मङ्गलबारदेखि रकम सङ्कलन अभियान समाप्त भएको जनाएको छ ।

समितिका संयोजक योगबहादुर क्षेत्रीले (रवि)ले रकम अभावमा परिवारले बिरामीलाई घर फिर्ता ल्याउनुपर्ने बाध्यता रहेको अवस्थामा सबै मिलेर उपचारका लागि रकम सङ्कलन गर्न सम्भव भएको बताए । उनका अनुसार समितिबाट हालसम्म परिवारलाई रु सात लाख ५४ हजार १७० बिरामीका आफन्तलाई प्रदान गरिएको र समितिको खातामा जम्मा भएको रकम पौडेलको उपचारमा खर्च गरिने छ ।

बिरामीका दाजु विजय पौडेलले पोखरा तथा काठमाडौँसम्म उपचारमा अहिलेसम्म रु १२ लाख हाराहारीमा खर्च भएको जानकारी दिँदै बिरामीले हातखुट्टा चलाउनेलगायत गतिविधि शुरु गरेकाले स्वास्थ्यमा सुधार हुँदै गएको बताए । उनले भने, “चिकित्सकले काठमाडौँ लैजान भनेपछि रकम अभावमा घर फिर्ता ल्याउनुपर्ने अवस्थामा सबैको साथ र सहयोगबाट अहिले भाइको राम्रो उपचार भइरहेको छ । अझै कति दिन अस्पताल बस्नुपर्छ, खर्र्च कति लाग्छ भन्ने यकिन छैन ।”

मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले रकम अभावमा बिरामीको उपचारमा समस्या भएको अवस्थामा युवाले स्तःस्फूर्तरूपमा अभियान सञ्चालन गरी रकम जुटाउने पुण्य काम गरेको बताउँदै गाउँपालिकाले आगामी दिनमा यस्ता भइपरि आउने घटनामा राहत सहयोग उपलब्ध गराउन कार्यविधि बनाउने बताए ।