आईपीएल : सनराइजर्स हैदरावादलाई २० रनले पछि पार्दै चेन्नाईको तेस्रो जित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आईपीएल : सनराइजर्स हैदरावादलाई २० रनले पछि पार्दै चेन्नाईको तेस्रो जित


एजेन्सी

२८ आश्विन २०७७, बुधबार


काठमाडौँ । इन्डियन प्रिमियम लिग  (आईपीएल) मा चेन्नाई सुपर किंग्सले तेस्रो जित हात पारेको छ ।

मंगलबार राती भएको खेलमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाईले सनराइजर्स हैदरावादलाई २० रनले हरायो । हैदरावादको यो पाँचौं हार हो ।

सेन वाट्सन र अम्बाती रायडूले चेन्नेईको स्कोर १०० रन पार गराएका थिए । राइडु ४१ रनमा आउट हुँदा चेन्नेईको स्कोर १ सय १६ रन थियो ।

यसैगरी वाट्सन पनि व्यक्तिगत ४२ रन बनाएर पभेलियन फर्किए । वाट्सनले ३८ बलमा ३ छक्का र एक चौका प्रहार गरे । कप्तान महेन्द्र सिंह धोनी पनि १३ बलमा २१ रन बनाएर आउट भए । रविन्द्र जडेजाले १० बलमा २५ रन बनाए ।

जवाफमा हैदरावाद २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ४७ रनमा रोकियो । मध्यम सुरुवात गरेको हैदरावादले २३ रनमा पहिलो विकेट गुमाएको थियो भने ५९ रन बनाउँदा तीन विकेट खेर फालेको थियो । जारी प्रतियोगितामा हैदरावादको पाँचौ हार हो ।

यो जितपछि चेन्नेईको आठ खेलमा ६ अंक भएको छ । हैदरावादको पनि आठ खेलमा ६ अंक रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस