बागमती प्रदेशको दुग्ध बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बागमती प्रदेशको दुग्ध बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त


२७ आश्विन २०७७, मंगलबार


हेटौंडा । बागमती प्रदेशको दुग्ध विकास बोर्डको उपाध्यक्षमा टिका बल्भब सापकोटा नियुक्त भएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसको मन्त्रिपरिषद्‌ बैठकले आगामी चार वर्षका लागि काभ्रेका सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

यसैगरी मंगलबार नै बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सुशासन नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिएका छन् ।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत र भैँसे भीमफेदी सडक आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मन्त्री ढुंगेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस