एन्टिजिन टेष्टको शुल्क १ हजार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एन्टिजिन टेष्टको शुल्क १ हजार


२७ आश्विन २०७७, मंगलबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको एन्टिजेन परीक्षणका लागि अधिकतम शुल्क १ हजार
रुपैयाँ तोकेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यता प्राप्त प्रयोगशालाहरुले मात्र यो टेष्ट गर्न पाउने छन् र एफडीए र ईयूए मान्यता प्राप्त तथा स्वास्थ्य सेवा विभागले स्वीकृत गरेका किटहरु मात्र प्रयोग गर्नु पर्नेछ ।

यसरी टेष्ट गर्दा पोजेटिभ आएकाहरुको रिपोर्ट उपत्यकाको हकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र बाहिर सम्बन्धित स्वास्थ्य कार्यालयलाई पनि जानकारी गराउनु पर्नेछ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस