ग्लोबल आइएमई बैङ्कद्वारा २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ग्लोबल आइएमई बैङ्कद्वारा २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात


२७ आश्विन २०७७, मंगलबार


काठमाडौं । ग्लोबल आइएमई बैङ्कले थप दुई ओटा नयाँ शाखारहित बैकिङ्ग सेवा संञ्चालनमा ल्याएको छ ।

बैंकले बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिका वडा नं. ३, दमेक र डोटी जिल्लाको शिखर नगरपालिका वडा नं. ९, उच्चाकोटमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

यी दुई शाखारहित बैंकिङ्ग सेवासहित बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२७ पुगेको छ ।

बाग्लुङ्गको जैमिनी नगरपालिका वडा नं. ३, दमेकमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा टेक बहादुर कामी र डोटीको जिल्लाको शिखर नगरपालिका वडा नं. ९, उच्चाकोटमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा यज्ञराज पन्तलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

ग्लोबल आइएमई बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/संम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस