काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार १ सय २९ जना कोरोना संक्रमित देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौंमा १ हजार ७४६ , ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना संक्रमित देखिएको जानकारी दिएको हो ।







