२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्य नाका बन्द हुँदा पनि भारततर्फ बाक्लो आवतजावत

अ+ अ-

सर्लाही । जिल्लाको सीमावर्ती क्षेत्रका नागरिक भारतीय बजारसम्म बाक्लो मात्रामा आवतजावत गरिरहेका छन् ।

मुख्य सीमानाका बन्द रहे पनि सहायक बाटो र खेतबारीबाट मानिसको ओहोरदोहोर बाक्लिएको छ । स्थानीयस्तरमा बजार नरहेको, भारतीय बजारमा दैनिक उपभोग्य सामान सस्तोमा पाउने र चाडपर्व नजिकिँदै गएका कारण पनि सीमावर्ती क्षेत्रका बासिन्दा सीमापारि भारतीय बजारमा निस्फिक्री जाने गरेका छन् ।

जिल्लाको सीमावर्ती क्षेत्रका अधिकांश स्थानीय तहमा ठूलाखाले बजार नभएका कारण पनि किनमेल गर्न सो क्षेत्रका स्थानीयवासी सीमापारि जान बाध्य भएका हुन् । मुख्य नाका बन्द रहेका कारण खेतबारी र खोलाको बाटो भएर दैनिक सयौँ मानिस किनमेलका लागि भारतीय बजार पुग्ने गरेको बलरा नगरपालिकाका प्रमुख अभयकुमार सिंहले बताए।

सीमावर्र्ती गाउँका बासिन्दालाई नुन, तेल किन्नदेखि औषधोपचार गर्न भारतीय बजार नै नजिक पर्छ । अन्त सबैतिर ओहोरदोहोर भइरहँदा मुख्य नाकामात्रै बन्द गरिँदा बिरामी परेर झट्ट सीमापारि जानुपर्नेहरु अप्ठयारोमा परिरहेको उनको भनाइ छ । जिल्लाको सीमावर्ती दक्षिणी भेगमा पर्ने गोडैता, विष्णु, रामनगर, कौडेना, मलङ्गवा, ब्रम्ह्मपुरी, पर्सा, हरिपूर्वालगायत स्थानीय तहका दैनिक सयौँको सङ्ख्यामा स्थानीयवासी किनमेलका लागि भारतीय बजार पुग्ने गरेको ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले बताए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बर्षौ देखिको रीति रोकेर वारिपारि हुने आवागमन ठप्प नै पार्न नसकिने बताए । व्यवहारिक समस्या हेरेर काजकीरिया, औषधोपचारजस्ता कार्यका लागि आवतजावत गर्न दिएको भए पनि सरकारले निर्णय नगरेसम्म मुख्य सीमानाका नै खुला गर्न नसकिने प्रजिअ पौडेलले बताए । प्रजिअ पौडेलका अनुसार भारतबाट मुख्य नाका हुँदै विभिन्न मालसामान भने दैनिकरूपमा आयात भइरहेको छ ।