काठमाडौँ । त्रि. वि. क्रिकेट मैदानका कर्मचारी (ग्राउन्ड स्टाफ) लाई सन्दीप लामिछाने एक लाख सहयोग गरेका छन् ।
लामिछानेले दुई महिना अघि कर्मचारीलाई सहयोग गर्ने भनी घोषणा गरेको एक लाख रुपैयाँ आइतबार हस्तान्तरण गरिएको हो ।
सन्दीपको तर्फबाट राष्ट्रिय क्रिकेट टोलीका टेक्निकल एनालिस्ट रमन सिवाकोटीले आइतबार त्रि वि क्रिकेट मैदानमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सन्दीपले उक्त रकम क्यारेबियन प्रिमियर कि खेल्नु अघि नै त्रि. वि. क्रिकेट मैदानका ग्राउन्ड स्टाफलाई दिने घोषणा गरेका थिए ।
क्यारेबियन प्रिमियर लिग अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म चलेको थियो । सन्दीप अहिले आईपीएलका लागि यूएईमा छन् ।







