मंगलग्रह आज ठूलो र चम्किलो देखिँदै, यस्तो छ कारण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मंगलग्रह आज ठूलो र चम्किलो देखिँदै, यस्तो छ कारण


एजेन्सी

२७ आश्विन २०७७, मंगलबार


काठमाडौँ । आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिँदै छ । आज अक्टोबर १३ तारिखका दिन पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने खगोलविद्ले बताएका छन्।

नासाका अनुसार आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीन वटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने भएकाले मंगलग्रह ठुलो र चम्किलो देखिन लागेको हो ।

यो घटनालाई नासाले दुर्लभ खगोलीय घटना भएको बताएको छ । यसलाई टेलिस्कोपको सहयोगबाट अथवा नजिकैको खगोल विज्ञान केन्द्रबाट हेर्न सकिन्छ ।

यस्तो दुर्लभ घटना हरेक २ वर्ष ९२६ महिना० मा हुने खगोलविदहरुले बताएका छन्। यसर्थ अब २०२२ डिसेम्बरयता मंगल ग्रह र पृथ्वी यति नजिक हुने छैनन्।

पृथ्वी र मंगल ग्रहबीचको दूरीमा यस्तो परिवर्तन अन्डाकार कक्षका कारण हुने गर्छ। अन्य ग्रहका गुरुत्वाकर्षणका कारण परिक्रमा कक्षमा यस्ता परिवर्तन भइरहन्छन्। बृहस्पतिको गुरुत्वाकर्षण शक्तिले मंगल ग्रहको परिक्रमा कक्षलाई प्रभाव पार्ने नासाले जनाएको छ ।

मंगल ग्रहलाई रातो ग्रहका नामले पनि चिनिन्छ । यसको सतहमा ठूलो मात्रामा आइरन अक्साइड रहेकाले यसको रङ रातो देखिएको खगोलविदहरु बताउँछन् । यो ग्रह सौर्य मण्डलको दोस्रो सबैभन्दा सानो ग्रह हो। बीबीसी

प्रतिक्रिया दिनुहोस