अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन कात्तिक मसान्तसम्म थप « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन कात्तिक मसान्तसम्म थप


२७ आश्विन २०७७, मंगलबार


काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सीमा नाकाबाट हुने प्रवेशलमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरिएको जानकारी दिए ।

कोभिड–१९ जोखिम बढ्दैगएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावतमा रोक लगाइदै आएको छ । यद्यपि, ढुवानी र निश्चित नाकाबाट हुने आवागमन चालू अवस्थामा नै रहेका जनाइएको छ । यसअघि असोज मसान्तसम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस