प्रधानसेनापति र कतारका राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापति र कतारका राजदूतबीच भेटवार्ता


२६ आश्विन २०७७, सोमबार


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र कतारका राजदूत युसुफ बिन मोहम्मदबीच भेटवार्ता भएको छ । सोमबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भेटका क्रममा प्रधान सेनापति थापा र राजदूतबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस