पौने २ अर्व विदेशी मुद्रा अपचलन : बिगोको तीन गुणा जरिवाना, तीन वर्ष कैद सजाय माग गर्द मुद्दा दायर « प्रशासन
Logo ६ आश्विन २०७८, बुधबार
   

पौने २ अर्व विदेशी मुद्रा अपचलन : बिगोको तीन गुणा जरिवाना, तीन वर्ष कैद सजाय माग गर्द मुद्दा दायर


प्रशासन संवाददाता

२६ आश्विन २०७७, सोमबार


काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको आरोपमा एक व्यवसायीविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

गत बिहीबार विभागले हाइटेक इन्टरनेसनल प्रालिका सञ्चालक हरिकुमार श्रेष्ठविरूद्ध एक अर्ब ७१ करोड ५६ लाख २८ हजार रूपैयाँ बिगो असुल गरी तीन गुणासम्म जरिवाना र तीन वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको हो। उनले ले चोरी पैठारी गरिएका सामानको भुक्तानीका लागि गैरकानुनी रूपमा विदेशी मुद्रा विदेश पठाएको विभागको आरोप छ।

विभागका अनुसार उनले यसरी १ अर्ब ७१ करोड ५६ लाख २८ हजार रूपैयाँ बराबरको रकम विदेश पठाएको देखिएको छ । उनले भन्सारबाट मालसामान पैठारी गर्दा लुकाइछिपाइ ल्याउँथे। त्यसरी ल्याएको सामानको कारोबार नदेखाई छुट्टै लेजरमा अभिलेख राखेर राजस्व चुहावट गरेको देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस