२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिसा र नोटमा २८ दिनसम्म रहन सक्छ कोरोना भाइरस-अनुसन्धान

अ+ अ-

बीबीसी । अष्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले गरेको अनुसन्धामा कोरोना भाइरस पैसाको नोट, फोनको स्क्रिन र स्टेनलेस स्टिलजस्ता सतहमा २८ दिनसम्म रहन सक्ने पत्ता लागेको छ । यस रिसर्चपछि कोभिड-१९ यसअघि विश्वास गरिए भन्दा अझ लामो समयसम्म जिवित रहने गरेको पत्ता लागेको हो ।

विशेषगरी संक्रमित व्यक्तिले धातु, प्लाष्टिकहरु छुँदा त्यसमा भाइरस रहन सक्ने अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले यस अघि नै बताएको थियो । पहिले गरिएका ल्याब टेस्टमा कोभिड-१९ बैंकका नोट अनि सिसामा दुईदेखि तीनदिन अनि प्लाष्टिक र स्टिलमा चाहिँ ६ दिनसम्म जिवित रहन सक्ने बताइएको थियो ।

तर अष्ट्रेलियन एजेन्सी सिस्रोले भने यो भाइरस २८ दिनसम्म पनि आक्रामक रुपमा जिवित रहिरहेको पत्ता लगाएको छ । २० डिग्रीको तापमान, अर्थात सामान्य रुम तापक्रममा अनि चिल्ला सतह जस्तै ग्लास, मोबाइल फोनको स्क्रिन, प्लाष्टिक र पेपरका नोट लगायतमा यो जिवित रहन सक्छ । अनुसन्धानकाअनुसार विशेषगरी अँध्यारो अनि चिसोमा भाइरस सोचेभन्दा धेरै लामो समयसम्म जिवित रहन्छ ।

तर तापमान बढ्दै जाँदा भने भाइरसको जिवित हुने सम्भाव्यता कम हुँदै जाने पनि धययनले देखाएको छ । यसले फेरि पनि सबैमा हात धुनु अनि स्यानिटाइज गरिरहनुलगायत सरसफाइको महत्वबारे ध्यानाकर्षण गराएको अध्ययनका प्रमुख डाक्टर इगल्सले बताएका छन् । यो भाइरस अझ पेपर भन्दा प्लाष्टिकका पैसाका नोटमा अझ लामो समय जिवित रहन सक्ने उनको भनाइ छ ।

तर अर्कोतर्फ तापमान ३० नाघेपछि भने भाइरसको जिवित रहने दर उल्लेखनीय रुपमा घटेको पाइएको हो । यसलाई फ्लु भाइरससँग तुलना गर्दा फ्लु भाइरस त्यही तापमान, त्यही अवस्थामा १७ दिनसम्म जिवित रहन सक्ने बताइएको छ ।

त्यस्तै लुगाहरुमा पनि यो धेरै प्वाल भएका भन्दा नभएका र चिल्लो सामग्रीबाट बनेका कपडामा १४ दिन भन्दा बढी समयसम्म जिवित रहन सक्ने पत्ता लागेको हो । सिस्रोकी प्रमुख डाक्टर ल्यारी मार्सलले भनेकी छन्, ‘यो रिसर्च किन पनि जरुरी छ भने भाइरस सतहमा कतिन्जेल रहन सक्छ भन्ने थाहा पाउनुले हामीलाई यसको फैलावट नियन्त्रण गर्न अनि मान्छेहरुलाई संक्रमणबाट जोगाउन केमा बढी ध्यान दिनुपर्छ भनेर सजगता अपनाउन मद्दत गर्दछ ।’ बीबीसी