बुटवल । सडक मर्मतका लागि सिद्धार्थ राजमार्ग आजबाट दैनिक तीन घण्टा बन्द गरिने भएको छ । राजमार्गको बुटवल पाल्पा सडकखण्डमा झरेको पहिरो हटाउन आजबाट चार दिनसम्म सडक बन्द गरिने भएको हो ।
राजमार्गको विभिन्न ठाउँमा गएको पहिरो पन्छाउन सडक बन्द गरेर काम गर्नुपरेको सडक डिभिजन पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले बताएका छन् ।
आउँदो बिहीबारसम्म बुटवलको चिडियाखोलादेखि बर्तुङसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गरिने डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
गत असारदेखि परेको वर्षाले पाल्पा–बुटवल खण्डको ३० भन्दा बढी स्थानमा पहिरो खसेको छ ।







