२ सय ४० मोबाइल एपमाथि गुगलले लगायो प्रतिबन्ध « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२ सय ४० मोबाइल एपमाथि गुगलले लगायो प्रतिबन्ध


एजेन्सी

२६ आश्विन २०७७, सोमबार


काठमाडौं । गुगलले आफ्नो प्ले स्टोरबाट २ सय ४० वटा मोबाइल एपहरुलाई प्रतिबन्ध लगाएको छ । ती एपहरुले प्रयोगकर्तामा माथि अनधिकृत हर्कत गरेको पाइएपछि गुगलले प्रतिवन्ध लगाएको हो ।

२ सय ४० वटा एपले एन्ड्रोइड प्रयोगकर्ताहरुलाई अनेक खालका अनावश्यक विज्ञापनहरु देखाउने लगायतका कार्य गरी गुगलको नियम उल्लंघन गर्ने गरेको हुँदा प्रतिबन्धित गरिएको जनाइएको छ ।

गुगलको सेक्योरिटी समूहले ती एप्लिकेसनविरुद्ध कारवाही गर्ने निर्णय गरेसँगै एपहरुलाई ब्लक गरिएको हो ।

हरेक दिन झण्डै डेढ करोड मानिसहरुले प्रयोग गर्दै आएका रेन्बोमिक्स ग्रुपका ती एपहरुले प्याकटर सफ्टवेयरको माध्यमबाट हरेक दिन अनेक खालका विज्ञापनहरु देखाउने गरेका थिए ।

प्रयोगकर्ताहरुलाई अनावश्यक तथा भ्रमपूर्ण विज्ञापन देखाएर दुस्ख दिएका ती एपहरु ब्लक गरेसँगै गुगलले आफ्ना एन्ड्रोइड फोनमा रेन्बोमिक्स ग्रुपका एपहरु भएमा तत्कालै डिलिट गर्न आग्रह गरेको छ ।

लामो समयदेखि गुगलका नियमहरु उल्लंघन गर्दै आएको उक्त ग्रुपका विषयमा विषयमा शोधकर्ताहरुले ह्वाइट ओप्स नामक संस्थाको सहयोगमा तथ्यहरुको खुलासा गरेका थिए । त्यससँगै गुगलले उक्त समूहका एपहरुमाथि कारबाही गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस