आईपीएल : मुम्बई इन्डियन्सद्धारा दिल्ली क्यापिटल्स ५ विकेटले पराजित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आईपीएल : मुम्बई इन्डियन्सद्धारा दिल्ली क्यापिटल्स ५ विकेटले पराजित


एजेन्सी

२६ आश्विन २०७७, सोमबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरे ।

यूएईमा राति भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौंं जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले । दुवै खेलाडीले समान ५३ रन बनाएर आउट भए । यस्तै इशान किशनले २८ रन जोड्दा कप्तान रोहित शर्मा ५ रनमा आउट भए । कुर्नाल पाण्डेय १२ रनमा अविजित रहँदा केइरन पोलार्ड ११ रनमा अविजित रहे । दिल्लीका कागिसो राबडाले २ विकेट लिए । अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले समान १र१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । दिल्लीको यो दोस्रो हार हो ।

दोस्रो स्थानमा रहेको दिल्लीले ७ खेलमा १० अंक जोडेको छ । यसैबीच आईपीएल क्रिकेटमै हिजो भएको पहिलो खेलमा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस