तनहुँमा एकैदिन २६ फरार प्रतिवादी पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तनहुँमा एकैदिन २६ फरार प्रतिवादी पक्राउ


२६ आश्विन २०७७, सोमबार


दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार (हिजो) एकैदिन २६ फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वन, सम्बन्धविच्छेद, नाता कायम, गाली बेइज्जती, कुलोपानी, जारी, कुटपिट, लुटपिट, करकाप, मानसिक तथा शारीरिक हिंसा मुद्दाका प्रतिवादी छन् ।

वन मुद्दामा नौ वर्षदेखि फरार ऋषिङ गाउँपालिका-५ पीपलटार बस्ने ५२ वर्षीय कुलबहादुर दरै पक्राउ परेका छन् । निजलाई जिल्ला अदालतले विसं २०६८ असार २३ गतेको फैसलाले पाँच महिना २६ दिन कैद र रु ३८ हजार २२० जरिवाना तोकेको थियो ।

त्यस्तै प्रहरीले जारी, कुलोपानी, मानसिक तथा शारीरिक हिंसा र सवारी ज्यान मुद्दामा एकएक वन, नाता कायम, लुटपिट, करकाप, जालसाजी, लागुऔषध र गालीबेइज्जती मुद्दामा दुईदुई, कुटपिट मुद्दामा तीन तथा सम्बन्धविच्छेद मुद्दामा चार प्रतिवादीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई रु ७० हजार १०४ जरिवाना र पाँच महिना २६ दिन कैद भुक्तानका लागि अदालत पेश गरिएको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फी र सरकारी बिगो तिर्न बाँकी भएका व्यक्तिको खोजीका लागि प्रहरीले अभियान चलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस