राजस्व छल्ने २ फर्मविरुद्ध २३ करोडको मुद्दा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राजस्व छल्ने २ फर्मविरुद्ध २३ करोडको मुद्दा


२५ आश्विन २०७७, आइतबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । झुटा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा दुई फर्मविरुद्ध २३ करोड २२ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले मनिष ट्रेडिङ कन्सर्न र साहारा एन्ड खानुत ट्रेडर्सविरुद्ध मुद्दा दायर गरेको थियो।

विभागका अनुसार महालक्ष्मी नगरपालिका १ ललितपुरमा रहेको मनिष ट्रेडिङ कन्सर्नविरुद्ध १३ करोड २५ लाख ८८ हजार दुई सय ६३ रुपैयाँ राजस्व छली गरेको छ। यसको सञ्चालक किशोरी यादवसहित ३ जना विरुद्ध मुद्दा दायर भएको छ।

यसैगरी बाराको रामपुर टोकनी ३ मा रहेको सहारा एन्ड खातुन ट्रेडर्स विरुद्ध ९ करोड ९६ लाख ५४ हजार सात सय ६१ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर भएको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस