हेटौँडा सिमेन्ट उद्योगले माग्यो ३८ हजार बढी कामदार(सूचनासहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हेटौँडा सिमेन्ट उद्योगले माग्यो ३८ हजार बढी कामदार(सूचनासहित)


प्रशासन संवाददाता

२५ आश्विन २०७७, आइतबार


काठमाडौँ। हेटौँडा सिमेन्ट उद्योगले करिब ३८ हजार बढी कामदारको माग गरेको छ । उद्योगले आज एक सूचना जारी गर्दै ३८ हजार ६ सय ९५ जना कामदारको माग गरेको हो ।

उद्योगद्वारा जारी गरिएको सूचना अनुसार उद्योगलाई २ हजार ९ सय २० जना दक्ष र ३५ हजार ५ सय ७५ जना अदक्ष कामदार आवश्यक भएको जनाएको छ ।

कामदारको आपूर्तिका लागि लागि ३० दिनको अवधिभित्र इच्छुक आपूर्तिकर्तालाई बोलपत्र पेश गर्न आह्वान गरिएको छ ।

उद्योगका अनुसार एक वर्षभित्रमा ३८ हजार कार्य दिनका लागि काम गर्ने कामदारको आपूर्ति गर्न लागिएको हो । त्यसका लागि नै उद्योगको केन्द्रीय कार्यालयले दक्ष तथा अदक्ष कामदार खरिद आपूर्ति कार्यको बोलपत्र आह्वान गरेको हो । कार्य दिनका आधारमा बोलपत्र आह्वान गर्दा धेरै कामदार माग भएको देखिन गएको हो ।

प्रतिक्रिया दिनुहोस