प्रवासबाट पहिरोपीडितलाई चार लाख २१ हजार सहयोग « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

प्रवासबाट पहिरोपीडितलाई चार लाख २१ हजार सहयोग


२५ आश्विन २०७७, आइतबार


बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङ घर भई प्रवासमा रहेका स्थानीयवासीले छिमेकी गाउँ मराङका पहिरोपीडितलाई रु चार लाख बढी आर्थिक सहयोग गरेका छन् ।

सामाजिक अभियानकर्मी रविन्स घरब्जा छन्त्यालको अगुवाइमा कतार, जापान, मेलेशिया र अष्ट्रेलियामा रहेका मल्कबाङ र मलम्पारवासीबाट सहयोग सङ्कलन गरी रु चार लाख २१ हजार १९० सहयोग गरेका हुन् । सो सहयोग रकममध्ये मल्कबाङ हेल्थ पोष्टमा कार्यरत सिनियर अनमी जगदेवी छन्त्यालले रु १० हजार सहयोग गरेका थिए ।

सङ्कलित रकम शनिबार एक कार्यक्रमका बीच पीडित परिवारलाई हस्तान्तरण गरिएको समन्वयकर्ता हरि छन्त्यालले बताए । राहत रकममध्ये धवलागिरि गाउँपालिका–६ मराङका २१ जना मृतकका आफन्तलाई रु १२ हजारको दरले राहत दिइएको छ । त्यसैगरी बाढीपहिरोले पूर्ण क्षति भएका १३ घरधुरीलाई रु सात हजारका दरले र आंशिक क्षति भएका १२ जनालाई रु पाँच हजारका दरले राहत दिइएको थियो । त्यसैगरी स्थानीय गाउँमा अपाङ्गता भएका पाँच जनालाई रु एक हजार ५०० का दरले सहयोग गरिएको छ ।

वितरण गरिएको सहयोग रकम जुटाउन मल्कबाङ घर भएर प्रवासमा रहेका युवा रविन्स घरब्जा छन्त्यालले समन्वय गरेका थिए । छन्त्यालको सक्रियतामा कतारबाट रु एक लाख ७८ हजार ८००, धन छन्त्याललको सक्रियतामा अष्टेलियामा रु एक लाख १९०, देवेन्द्र छन्त्याल र चित्र छन्त्यालको सक्रियतामा जापानबाट रु एक लाख २२ हजार ३९३ सहयोग सङ्कलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस