पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण


२४ आश्विन २०७७, शनिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बेलुकी ज्वरो आएपछि शनिबार स्वाब दिएका मन्त्री भट्टराईले आफ्नो रिपोर्ट पोजेटिभ आएको बताएका छन् । ‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन’ उनले भनेका छन् ।

गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटीभ आएपछि काठमाडौँ बाहिरका केहि कार्यक्रममा सहभागी भएकोले उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस