चाडपर्वको समयमा सावधानी अपनाउनुस्, हाम्रो लागि धेरै अप्ठ्यारो समय आएको छ : स्वास्थ्य मन्त्रालय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चाडपर्वको समयमा सावधानी अपनाउनुस्, हाम्रो लागि धेरै अप्ठ्यारो समय आएको छ : स्वास्थ्य मन्त्रालय


प्रशासन संवाददाता

२४ आश्विन २०७७, शनिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनदिनै कोरोना संक्रमित संख्या बढेको भन्दै अप्ठ्यारो परिस्थिति आएको बताएको छ।

डिस्चार्ज हुने दरभन्दा संक्रमित हुने बिरामी संख्या बढेको भन्दै यसले अप्ठ्यारो परिस्थिति निम्त्याउने मन्त्रालयले जनाएको हो।

मन्त्रालयले कोरोना माहामारीको बढेका कारण चाडपर्वको समयमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । धार्मिक कार्यक्रममा सहभगी हुँदा बढीमा २५ जना मात्रै भेला हुन पाउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

देवी देवताका मुर्ति र धेरै व्यक्तिले प्रयोग गर्ने सामाग्री नछुन पनि मन्त्रालयको सुझाव छ । पैसाको कारोबार विद्युतीय माध्यमबाट गर्न पनि मन्त्रालयले भनेको छ ।

उनले भनेका छन्, ‘संक्रमितहरूको संख्या धेरै बढेको छ। अस्पतालहरू, आइसोलेसन सेन्टरहरू झण्डै भरिएका छन्। खचाखच बिरामी बढेका छन्’, शनिबार नियमित प्रेस ब्रिफिङमा डा. जागेश्वर गौतमले भने, यसले हामीलाई धेरै अप्ठ्यारो परिस्थितिमा पुर्‍याउँदै छ भन्ने आकलन गर्न सकिन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस