२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीको सदरमुकाम सिलगढी नाचन्थली क्षेत्र सिल

अ+ अ-

डोटी । जिल्ला सदरमुकाम सिलगढीस्थित वडा नं ६ नाचन्थली क्षेत्र सिल गरिएको छ । उक्त वडाका समुदायमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको हो ।

दिपायल सिलगढी नगरपालिकामा आज बसेको आकस्मिक बैठकले थप कोरोना जोखिम हुन नदिन नाचन्थली क्षेत्र सिल गरिएको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले तत्काल नाचन्थली मोडबाट कालिका मन्दिरसम्मको क्षेत्र सिल गरिएको हो ।

त्यसैगरी सङ्क्रमित भएका व्यक्तिसँगको सम्पर्कमा आएका अन्य व्यक्तिको तथ्याङ्क सङ्कलन गर्न कर्मचारी खटाइएकोे नगरपालिकाले जनाएको छ । उक्त वडामा रहेको कृषि विकास बैंकमा कार्यरत एक व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ ।

सङ्क्रमित व्यक्तिलाई घरमा आइसोलेट गरिएको बैंकका प्रमुख दीर्घबहादुर शाहले जानकारी दिए । पछिल्लो समय यहाँका समुदायमा समेत कोरोना देखिन थालेपछि सबै नागरिकलाई सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ । जिल्लामा हालसम्म एक हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् ।