साझा पार्टीको प्रवक्तामा शरदराज पाठक नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साझा पार्टीको प्रवक्तामा शरदराज पाठक नियुक्त


प्रशासन संवाददाता

२४ आश्विन २०७७, शनिबार


काठमाडौँ। साझा पार्टीको प्रवक्तामा शरदराज पाठक नियुक्त भएका छन् ।

यस अघि सह प्रवक्ताको जिम्मेवारीमा रहेका पाठकलाई पार्टीले प्रवक्तामा नियुक्त गरेको हो ।

साझा पार्टीको केन्द्रीय सचिवालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्ता नियुक्त गरिएको जानकारी दिएको छ ।

उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उमेदवार बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस