सरकार किन चाहियो र ? « प्रशासन
prasaLogo
२४ आश्विन २०७७, शनिबार

सरकार किन चाहियो र ?


प्रकाशित मिति : 10 October, 2020 11:00 am

यता उता डुल्नेलाई, घरबार किन चाहियो र ?
विचारको क्रान्ति गर्न, तरबार किन चाहियो र ?

कति पीडा खेपिसक्यौ ?, अब चलमलाएका छौँ,
फेरि पनि निरङ्कुश , दरबार किन चाहियो र ?

नौलो सोच नयाँ निलो, आकाश खोज्न उठ्नुपर्छ,
सधैँ रक्त रञ्जित ती, अखबार किन चाहियो ?

समस्याको बिटो हेर्दा, अझै पनि उस्तै देख्छु,
परिवर्तन नसक्ने यो, सरकार किन चाहियो र ?

प्रतिक्रिया दिनुहोस