२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरो पीडितलाई बागलुङ समाज अमेरिकाको २५ लाख

अ+ अ-

बलेवा । गत भदौ १७ गतेको बाढीपहिराले प्रभावित बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङका पीडितलाई बागलुङ सेवा समाज अमेरिकाले २५ लाख रुपैयाँ उपलव्ध गराएको छ ।

बाढीपहिरो पीडितलाई राहत स्वरुप नगरपालिका मार्फत समाजले नगद उपलव्ध गराएको हो । विभिन्न कामको सिलसिलामा अमेरीकामा रहेका बागलुङ घर भएका युवाले राहत रकम सङ्कलन गरेका थिए ।

बाढी प्रभावितको राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको आर्थिक सङ्कलन अभियानबाट सङ्कलित उक्त रकम हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष सन्तोष खत्रीले जानकारी दिनुभयो । समाजका सल्लाहकार सिंहबहादुर राणाले राहत नगरप्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरेका थिए ।

प्राप्त राहत नगरपालिकाले एकद्धार प्रणालीमार्फत पुनःस्थापनामा सदुपयोग गर्ने छ । बोबाङ खोलामा आएको भीषण बाढीपहिराले मानवीय तथा भौतिक क्षति पु¥याएपछि आफुहरुले राहत सङ्कलन अभियान थालेको समाजका अध्यक्ष हरि पौडेलको भनाइ छ ।

बाढीपहिरोमा २२ जनाले ज्यान गुमाएका थिए भने १५ जना अझै बेपत्ता छन् । ढोरपाटन नगरपालिकाको वडा नं। ७, ८ र ९ का १ सय २७ परिवार घरबार बिहिन बनेका छन् ।

पशु सेवा विज्ञ केन्द्रको बजेट दस करोड
बागलुङ र पर्वतमा चालु आर्थिक वर्षमा पशुपंक्षी तथा मत्स्य कार्यक्रमका लागि दश करोड रुपैयाँ खर्च हुने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले विभिन्न कार्यक्रममा उक्त रकम खर्च गर्न लागेको हो । केन्द्रले आफ्नो सेवा क्षेत्र बागलुङ र पर्वतका १७ स्थानीय तहमा उक्त बजेटका कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दै केन्द्रका वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले एक करोड ९८ लाख रुपियाँ प्रशासनिक तथा उपभोग खर्च र आठ करोड ८८ लाख ९० हजार पुँजीगत तथा अनुदानका कार्यक्रममा खर्च हुने जानकारी दिए ।

पाण्डेले विज्ञ केन्द्रको पुरानो भवनमा नयाँ भवन निर्माण, सवारीसाधन, मेसिनरी औजार, कार्यालयका फर्निचर तथा सामग्री खरिद बाहेक अन्य प्राय कार्यक्रम किसान केन्द्रीत भएको बताए ।

चालु आर्थिक वर्षमा केन्द्रले साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, उत्पादनमा आधारित अनुदान, पशुपंक्षी बीमा प्रिमियममा २५ प्रतिशत अनुदान, नयाँ पशुपंक्षी तथा मत्स्य पकेट विस्तार, फार्म यान्त्रिकीकरण, भैसी विकास कार्यक्रम, उन्नत नश्लका पाडाबाच्छी हुर्काउने कार्यक्रम, माछा भुरा वितरण, मत्स्य पोखरी निर्माणकालागि अनुदान वितरण गरिनेछ ।