सरकार र डा. केसीबीच सहमति, आजै अनसन तोड्ने तयारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सरकार र डा. केसीबीच सहमति, आजै अनसन तोड्ने तयारी


प्रशासन संवाददाता

२३ आश्विन २०७७, शुक्रबार


काठमाडौं । सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच सहमति भएको छ ।

दुबै वार्ता टोलीले सहमतिलाई औपचारिकता दिएपछि आजै अनसन तोड्ने तयारी रहेको उच्च स्रोतले बताएको छ । शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थिए ।

बिहीबार सहमति हुन नसकेको विषय डा.केसीको ६ बुँदे मागको चौथो बुँदा थियो । शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस