उपासना बनिन् एजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेस्डर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपासना बनिन् एजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेस्डर


२३ आश्विन २०७७, शुक्रबार


काठमाडौँ । अभिनेत्री उपासना सिंह ठकुरी एजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेस्डर बनेकी छिन् ।

लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय एजुकेसन एण्ड माइग्रेसन कर्नरले एक वर्षका लागि ठकुरीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

कर्नरका प्रमुख सुनिल उप्रेती र उपासना सिंह ठकुरीले नयाँ वानेश्वरस्थित इन्द्रेणी फुड ल्याण्डमा आयोजित कार्यक्रममा ब्राण्ड एम्बेस्डरमा नियुक्ति गर्ने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरे ।

हस्ताक्षरपछि प्रमुख उप्रेतीले ठकुरीलाई बधाई दिँदै चलचित्र क्षेत्रमा वाहवाही कमाएको व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउनु गर्वको विषय भएको बताए ।

उनले अष्ट्रेलियालगायतका मुलुकहरूमा उच्च शिक्षा प्राप्त गर्न चाहने नेपाली विद्यार्थीहरुको मन जित्दै आएको कर्नरले अव नेपाली चलचित्र र गीत संगीत क्षेत्रमा पनि आफ्नो संस्थाले आबद्धता बढाउँदै लैजाने बताए ।

अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको मन जितेको संस्थासँग जोडिन पाउँदा खुसी लागेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस