यस वर्षको नोबेल शान्ति पुरस्कार विश्‍व खाद्य कार्यक्रमलाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्‍व खाद्य कार्यक्रमलाई


२३ आश्विन २०७७, शुक्रबार


काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई दिइने भएको छ । शुक्रबार ओस्लोमा आयोजित एक कार्यक्रमबीच स्विडिस एकेडेमीले सन् २०२० का लागि नोबेल शान्ति पुरस्कार डब्लूएफपीलाई दिने घोषणा गरेको हो ।

संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमलाई भोकलाई परास्त गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि गरेको पहलका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ । त्यसैगरी डब्लूएफपीले ुभोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रुपमा प्रयोग हुन नदिनु पनि उल्लेख्य भूमिका खेलेको नोबेल कमिटीले बताएको छ ।

डब्लूएफपीले खाद्य सुरक्षालाई शान्ति स्थापनाको साधन बनाउँदै बहुपक्षीय सहकार्यमा महत्वपूर्ण भूमिका खेलेको नोबेल कमिटीले बताएको छ । त्यसैगरी संयुक्त राष्ट्र संघका सदस्यलाई भोकसँग लड्न एकजुट बनाउन पनि डब्लूएफपीले उल्लेख्य भूमिका खेलेको नोबेल कमिटीले जनाएको छ ।

विश्वकै सबैभन्दा ठूलो मानवअधिकारवादी संस्थाका रुपमा रहेको डब्लूएफपीले सन् २०१९ मा ८८ देशका भोकसँग लडिरहेका करिब १० करोड मानिसलाई सहायता उपलब्ध गराएको थियो ।

नोबेल शान्ति पुरस्कार यसअघि २४ संस्थाहरुलाई प्रदान गरिइसकेको छ । यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अक्टोबर १२ मा घोषणा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस