लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री केसीलाई कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री केसीलाई कोरोना संक्रमण


२३ आश्विन २०७७, शुक्रबार


बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

रुघाखोकी र ज्वरो आएपछि मन्त्री केसीले शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

मन्त्री केसीका स्वकीय सचिव पवनकुमार कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री केसीमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छन् ।

कुँवरका अनुसार मन्त्री केसी हाल मन्त्री निवासमै आइसोलेसनमा बसेका छन् । रुघाबाहेक स्वास्थ्यमा अन्य समस्या नरहेको कुँवरले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस