भद्रपुर उपचार केन्द्रमा आँखाको शल्यक्रिया शुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भद्रपुर उपचार केन्द्रमा आँखाको शल्यक्रिया शुरु


२३ आश्विन २०७७, शुक्रबार


बनियानी । झापाको भद्रपुर–५ स्थित भद्रपुर आँखा उपचार केन्द्रमा आँखाको शल्यक्रिया शुरु गरिएको छ ।

साताको एक पटक प्रत्येक आइतबार मोतियाविन्दुको शल्यक्रिया गरिने उपचार केन्द्रका सचिव प्रदीपमणि रेग्मीले जानकारी दिए ।

मेची आँखा अस्पताल सङ्घ विर्तामोड शाखाको रुपमा सञ्चालित सो केन्द्रमा रू ५५ लाखको शल्यक्रिया कक्ष र रू ५५ लाखकै लागतमा आवश्यक उपकरण खरिद गरिएको छ । उक्त रकम भद्रपुर निवासी सत्यनारायण सरियाले उपलब्ध गराएका हुन् ।

यसअघि स्व जयनारायण सरियाको स्मृतिमा उनका भाइ सत्यनारायण सरियाले नै आँखा उपचार केन्द्रका लागि एक बिघा जग्गा दान दिएका थिए । सोही जग्गामा बनेको आँखा उपचार केन्द्रमा आँखाको परीक्षण गरी हप्तामा एक दिन शल्यक्रिया नै गरिने सचिव रेग्मीले बताए ।

केन्द्रमा उपचारका लागि आएका बिरामीको शल्यक्रिया गर्नुपरे त्यसमा लाग्ने खर्चको ५० प्रतिशत रकम दाता सरियाले व्यहोर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस