प्रधानमन्त्रीका ३ जना सल्लाहकार कोरोना भाइरस संक्रमण मुक्त « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्रीका ३ जना सल्लाहकार कोरोना भाइरस संक्रमण मुक्त


प्रशासन संवाददाता

२३ आश्विन २०७७, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

तीनै जनाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

उनले सामाजीक संञ्जाल मार्फत आफु समेत तिन जना संक्रमण मुक्त भएको जानकारी गराएका छन् ।

उनले भनेका छन, ‘प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र म प्रेस सल्लाहकार सूर्य थापाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

हामीले कोरोना संक्रमण सात दिन बित्दानबित्दै जित्न सकेका छौं । हामीप्रति शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी र कृतज्ञ छौं ।

 

प्रतिक्रिया दिनुहोस