भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन


एजेन्सी

२३ आश्विन २०७७, शुक्रबार


काठमाण्डौ । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ ।

भारत सरकारका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री समेत रहेका रामविलास पासवानको बिहीबार उपचारको क्रममा निधन भएको हो ।

केही समयअघि मात्रै मुटुको अप्रेसन गराएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय पासवान भारतका प्रमुख दलित नेता मानिन्थे । पासवान ८ पटक लोकसभा सदस्य र अहिले राज्यसभा सदस्य थिए । मन्त्री पासवानका छोरा एवं लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले आफ्नो सामाजिक संञ्जाल ट्वीटरमार्फत आफ्ना बुबाको निधन भएको जानकारी गराएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पासवानको निधनप्रति दुख व्यक्त गर्दै ‘म निशब्द भएको छु, यस घटनाले हाम्रो राष्ट्रमा एउटा शुन्यता छाएको छ, जुन सायद कहिल्यै पूर्ति हुने छैन,’ भनेका छन् । लामो राजनीतिक करिअरमा पासवानले धेरै प्रधानमन्त्रीसँग काम गरिसकेका थिए । त्यस क्रममा उनले भारतको खानी, स्टिल, टेलिकम्युनिकेशन तथा सूचना लगायत मन्त्रालयमा रहेर काम गरे ।

प्रतिक्रिया दिनुहोस