डा. केसीको जीवन रक्षा गर्न सरकारसँग राप्रपाको माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डा. केसीको जीवन रक्षा गर्न सरकारसँग राप्रपाको माग


२२ आश्विन २०७७, बिहिबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी बिचको बैठक सम्पन्न भएको छ ।

आज बसेको बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकोमा खुसी व्यक्त गर्दै आयोगलाई धन्यवाद दिने, जिल्लामा पार्टी समायोजनको समय असोज २९ सम्म बढाउने, केन्द्रीय कार्य समिति विस्तार गर्ने र डा.गोविन्द केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय गरेको अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विट मार्फत जानकारी दिएका छन् ।

अध्यक्ष थापाले निर्वाचन आयोगबाट वैधानिकता प्राप्त गरेसँगै राप्रपा अब तीव्र गतिमा सङ्गठन निर्माणमा लाग्ने समेत बताएका छन् ।

राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ’सम्वर्द्धनवाद’को वैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण राप्रपाको लक्ष्य हुने अध्यक्ष थापाले जनाएका छन् ।

आगामी चुनावसम्ममा राप्रपालाई देशको अग्रणी शक्ति बनाउने दृढता समेत उनले व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस