तुलसीपुर उपमहानगरका मेयरसहित २१ जनालाई कोरोना संक्रमण « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

तुलसीपुर उपमहानगरका मेयरसहित २१ जनालाई कोरोना संक्रमण


२२ आश्विन २०७७, बिहिबार


दाङ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई कोरोना संक्रमण भएको छ ।

नगर प्रमुख पाण्डेसहित बिहीबार तुलसीपुरका २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरका कोरोना फोकल पर्सन विमल केसीले बताए ।

ज्वरो आएपछि पाण्डेको मंगलबार स्वाब संकलन गरिएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परीक्षण गर्दा बिहीबार कोभिड–१९ पोजिटिभ भएको केसीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस